काठमाडौं । बिग बास लिग (बीबीएल) टिम सिड्नी सिक्सर्सका अलराउन्डर डान क्रिस्टीयनले स्टेभेन स्मीथलाई बीबीएलमा खेल्न नदिएकोप्रति अष्ट्रेलियन क्रिकेट बोर्डप्रति असन्तुष्टि जनाएका छन् ।
सिड्नीले पर्थ स्कोचर्सविरुद्धको प्लेअफ खेलका लागि स्मीथसँग सम्झौता गर्ने प्रयास गरेको थियो तर क्रिकेट बोर्डले उक्त सिड्नीलाई उक्त सम्झौता गर्न रोकेको थियो ।
सिड्नीले उक्त खेल ४९ रनले हारेपछि पर्थ फाइनलमा प्रवेश गरेको थियो ।
सिड्नीले फाइनल प्रवेशका लागि भने अर्को मौका भने पाउने छ ।
खासमा अष्ट्रेलियाको टेस्ट टिमका उपकप्तान स्मीथ अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त हुने अनुमानसहित सिड्नीले उनीसँग सुरुआतमा सम्झौता गरेको थिएन ।
तर न्यूजिल्यान्डविरुद्धको क्रिकेट सिरिज स्थगित भएपछि स्मीथ बीबीएल खेल्नका लागि उपलब्ध भएपनि बोर्डले भने उनलाई सम्झौता गर्नबाट रोक लगाएको छ ।
क्रिस्टीयनले स्मीथलाई खेल्नबाट रोक्नु निराशाजनक रहेको बताए ।