काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको नयाँ संस्करण मार्च अन्तिम साताबाट आयोजना हुने भएको छ ।
क्रिकेटसम्बन्धि वेबसाइट क्रिकइन्फोले आईपीएलको नयाँ संस्करण मार्च २७ बाट सुरु गर्ने तयारी भएको जनाएको छ । प्रतियोगिता मे अन्तिमसम्म चल्नेछ ।
तर, भारतीय क्रिकेट बोर्डले भने औपचारिक रुपमा मिति घोषणा गरेको छैन ।
नयाँ संस्करणको आईपीएलमा १० टोलीको सहभागिता हुनेछ । यस अघि ८ टोलीले खेल्दै आएका थिए ।
नयाँ संस्करणको मेगा अक्सन फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुनेछ ।
आईपीएलका लागि अक्सनमा कुल १ हजार २ सय १४ खेलाडी सामेल हुनेछन् ।
जसमा ८ सय ९६ भारतका र ३ सय १८ खेलाडी विदेशी रहेका छन् ।