सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Loading ad...
Bhat Bhateni Supermarket Ad

अन्तर्राष्ट्रिय निर्णायक अशोकको पदोन्नती

बिहिबार, ०६ माघ २०७८खेलपाटी संवाददाता
अन्तर्राष्ट्रिय निर्णायक अशोकको पदोन्नती
Loading ad...
mustang rice ad

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का ग्योरोगी विधातर्फ दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नती भएका छन् । वर्ल्ड तेक्वान्दो (डब्लुटी) को रेफ्री कमिटीले पनि सोको बारे प्रमाण पत्र अशोकलाई पठाइसकेको बताइएको छ ।

तेश्रो श्रेणीबाट दोश्रोमा पदोन्नती हुन करिब ३ वर्ष लागेको अशोकले जानकारी गराए । तेक्वान्दोको वरीयता प्रतियोगिता र रिफ्रेसर कोर्षमा सहभागिता जनाइ प्राप्त गरेको अंकका आधारमा अशोक एक तह माथि उक्लेका हुन् । तेश्रोबाट दोश्रोमा उक्लन कम्तीमा ८ अंक आवश्यक पर्दछ । करिब ३ वर्षको अवधिमा अशोकले ७ प्रतियोगिता र ३ रिफ्रेसर कोर्ष (एक अनलाइनसहित) मा सहभागिता जनाइ १० अंक प्राप्त गरे । अशोकअघि तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ र रविन्द्र मल्ला मात्र अन्तर्राष्ट्रिय दोश्रो श्रेणीका रेफ्री थिए ।

अशोकले सन् २०१९ मा मात्र ५ अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरे भने २ रिफ्रेसर कोर्षमा सहभागी भएका थिए । त्यस अवधिमा उनले जोर्डनमा भएको अल हसन ओपन, जर्मन ओपन, नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग), अस्ट्रेलियामा भएको ओसिएना प्रेसिडेन्ट कप र अस्ट्रेलियन ओपनमा निर्णायकका रुपमा सहभागी भएका थिए । त्यस्तै ट्युनिसिया र अस्ट्रेलियामा भएको रिफ्रेसर कोर्षमा पनि सहभागी   भए । सन् २०२० मा मेक्सिको ओपन र २०२१ मा भएको पाकिस्तान ओपनमा निर्णायकको भूमिका निभाएका अशोकले २०२० मा ग्योरोगी अनलाइन रिफ्रेसर कोर्षमा सहभागिता जनाएका थिए ।

अशोकलाई गत पुस ४ गते युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा सम्मानअन्तर्गत उत्कृष्ट निर्णायकको विधामा सम्मान गरेको थियो । अशोक पारा तेक्वान्दो र पुम्सेका पनि अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

Loading ad...
LiNing Ad
अन्तर्राष्ट्रिय निर्णायक अशोकको पदोन्नती

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इन्टरको  चार खेलको जितविहीन यात्रा अन्त्य

इन्टरको चार खेलको जितविहीन यात्रा अन्त्य

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई