काठमाडौं । नेपाल तेक्वान्दो संघले ओलम्पियनद्धय संगीना वैद्य र दिपक विष्टलाई मासिकरुपमा दिदै आएको प्रोत्साहन रकम कटौती गरेको छ ।
तेक्वान्दो संघले वैद्य र विष्टलाई मासिक दुई हजारका रुपमा पकेट खर्च प्रदान गर्दै आएकोमा यही पुस महिनादेखि लागु हुने गरी सो रकम प्रदान गर्ने निर्णय गरेको हो ।
वैद्य र विष्टले छनोट चरण पार गरी नेपालका लागि ओलम्पिकमा सहभागिता जनाएबापत सघले उनीहरुलाई मासिक रुपमा रकम उपलब्ध गराउदै आएको थियो ।
वैद्य सन् २००४ मा एथेन्समा भएको ओलम्पिकमा छनोट भएकी थिइन् भने विष्ट सन् २००८ मा भएको वेइजिङ ओलम्पिकमा छनोट भएका थिए ।
खेल जीवनबाट सन्यास लिएर राष्ट्रिय खेलकुद परिषद् (राखेप)को प्रशिक्षकको पदमा कार्यरत भएपनि संघले उनीहरुलाई दिदै आएको पकेट खर्च रोकेको हो ।
तर वैद्य र विष्टले संघको उक्त कार्यले आफूहरुलाई दुखित तुल्याएको र आत्मसम्मानमा ठेस पुगेको भन्दै संघमा ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले ओलम्पिक छनोट भएबापत दिएको सम्मान नै कटौती गर्दा यसले नयाँ पुस्ताका खेलाडीमा जाने सन्देशका विषयमा संघले ध्यान दिनुपर्ने धारणा राखेका छन् ।