लिग हेर्न खोपकार्ड अनिवार्य
शुक्रबार, ३० पौष २०७८खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक ए डिभिजन फुटबल लिगका खेल हेर्न जाने दर्शकले कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य रुपमा देखाउनु पर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग कमिटीले ए डिभिजनका खेलहरु मैदानमा हेर्न जाने दर्शकले खोपकार्ड देखाउनु पर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि यस्तो निर्णय लिइएको कमिटीले जनाएको छ ।
खोपकार्ड भएपनि खेल हेर्न मैदानमा जानु अघि दर्शकहरुको तापक्रम समेत नापिनेछ ।
ए डिभिजनअन्तर्गत शुक्रबारबाट नवौं चरणका खेलहरु भइरहेका छन् ।
#ए डिभिजन लिग







-1785038983464.webp&w=3840&q=75)

-1785079914931.jpeg&w=3840&q=75)



