सेनेगलको विजयी सुरुआत
सोमबार, २६ पौष २०७८खेलपाटी संवाददाता

काठमाडौं । सेनेगलले अफ्रीका कप अफ नेसन्स फुटबलमा विजयी सुरुआत गरेको छ ।
सोमबार भएको खेलमा जिम्बावेलाई १-० गोल अन्तरले हराउँदै सेनेगलले सुखद सुरुआत गरेको हो ।
सेनेगलको जितमा साडियो मानेले निर्णायक गोल गरे ।
खेलको इन्जुरी समयको सातौं मिनेटमा मानेले पेनाल्टीमा निर्णायक गोल गरे ।
यस जितसँगै समूह बी को सेनेगलले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।
जिम्बावेले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
सेनेगलको विजयी सुरुआत







-1785038983464.webp&w=3840&q=75)

-1785079914931.jpeg&w=3840&q=75)



