एलपीएललाई मृग गार्मेन्टको साथ

धनगढी । धनगढीमा आगामी माघ तेस्रो साता बाट आयोजना हुने विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ ९एलपीएल–६० को गार्मेन्ट पार्टनर मृग गार्मेन्ट उद्योग रहने भएको छ ।
प्रतियोगितामा गार्मेन्ट पार्टनरका रूपमा रहने गरी मृग गार्मेन्ट उद्योगका प्रबन्ध निर्देशक श्री खेम बम ज्यु सङ्ग मङ्गलबार सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ। शैक्षिक तथा विद्यालय स्तरको खेललाई समर्थक माझ अझ नजिक पुर्याउन सहकार्य गरेकोमा लिटल फ्लावर प्रीमियर परिवार मृग गार्मेन्ट उद्योग धनगढी लाइ हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय टिमको सहभागिता रहने बताइएको छ । जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ स्टोन इङ्लिस स्कुल धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् । त्यसैगरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली, शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौँ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौँले पनि सहभागिता जनाउने छन् ।
लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् ।
प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपीसिंह धामीले बताए । त्यस्तै आसन्न संस्करणबाट प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने छ ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)