शुक्रबार, ०८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एएफसी कपमा बलियो भएर जाने छौँ : प्रशिक्षक कटवाल

आइतबार, १८ पौष २०७८खेलपाटी संवाददाता
एएफसी कपमा बलियो भएर जाने छौँ : प्रशिक्षक कटवाल
Loading ad...
mustang rice ad

काठमाडौं । मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक प्रवेश कटवालले एएफसी कप छनोटमा बलियो टोलीको रुपमा सहभागिता जनाउने बताएका छन् ।

सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आइतबार नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराएसँगै मछिन्द्रले एएफसी कप छनोटमा स्थान पक्का गरेको थियो ।

खेलपछि पोस्ट म्याचमा प्रशिक्षक कटवालले केहि विदेशी खेलाडी अनुबन्ध गर्दै बलियो टिमको रुपमा छनोट खेल्ने बताए ।

'अब एएफसी कपका लागि हामी बलियो टोली बनेर जाने छौँ  । केही नयाँ विदेशी खेलाडी थप्ने छौ र यिनै नेपाली खेलाडीलाई तयार पार्ने छौँ,' उनले भने, 'तर हामी अन्य क्लबका खेलाडी अनुबन्ध गर्दैनौं ।'

मछिन्द्र जारी लिगको सातौं चरणसम्म लिगको शीर्ष स्थानमा रहदै एएफसी कपमा छनोट भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातौं चरणको शीर्ष टोलीले एएफसी कप छनोट खेलाउन एसियाली फुटबल महासंघ (एएफसी) लाई प्रस्ताव गरेको थियो । जस अनुसार मछिन्द्र छनोट भएको हो ।

सातौं चरणको खेल सकिदा मछिन्द्रले ७ खेलमा १७ अंक जोडेको छ । मछिन्द्र दोस्रो स्थानको मनाङ मर्स्याङ्दी भन्दा १ अंकले अघि रहेको छ ।

यस्तै मछिन्द्रका कप्तान सुजल श्रेष्ठले एएफसी कपमा राम्रो गर्ने बताए ।

'एएफसी कप खेल्न पाउँदा खुसी छौँ । गत सिजन च्याम्पियन भएर पनि खेल्न पाएनौं । आर्मीले खेल्दा मन चसक्क भएको थियो,' उनले भने, 'टिम  राम्रो छ । हामी एएफसी कपमा पनि राम्रो गर्ने छौँ । फरक राष्ट्रका फरक टिम भएकाले केही गाह्रो भने पक्कै हुने छ ।'

Loading ad...
LiNing Ad
एएफसी कपमा बलियो भएर जाने छौँ : प्रशिक्षक कटवाल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ओटामेन्डीले लिए सन्न्यास

ओटामेन्डीले लिए सन्न्यास

विश्वकपमा म्याच फिक्सिङ भएन !

विश्वकपमा म्याच फिक्सिङ भएन !

पुन : फाइनल खेलाउनुपर्ने मागसहित अर्जेन्टिनाका समर्थक हस्ताक्षर अभियानमा

पुन : फाइनल खेलाउनुपर्ने मागसहित अर्जेन्टिनाका समर्थक हस्ताक्षर अभियानमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ओटामेन्डीले लिए सन्न्यास

ओटामेन्डीले लिए सन्न्यास

नेपालको लगातार हार

नेपालको लगातार हार

विश्वकपमा म्याच फिक्सिङ भएन !

विश्वकपमा म्याच फिक्सिङ भएन !

नेपाल कठिन समूहमा

नेपाल कठिन समूहमा

पुन : फाइनल खेलाउनुपर्ने मागसहित अर्जेन्टिनाका समर्थक हस्ताक्षर अभियानमा

पुन : फाइनल खेलाउनुपर्ने मागसहित अर्जेन्टिनाका समर्थक हस्ताक्षर अभियानमा

नेपालको टिममा एक परिवर्तन

नेपालको टिममा एक परिवर्तन

 २०औं एसियन गेम्स : नेपाल र अफगानिस्तान एकै समूहमा

२०औं एसियन गेम्स : नेपाल र अफगानिस्तान एकै समूहमा

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार