बुधबार, ०६ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

टोटनहम लेख्न पूरा नभएको कथा

मंगलबार, १३ पौष २०७८खेलपाटी संवाददाता
टोटनहम लेख्न पूरा नभएको कथा
Loading ad...
mustang rice ad

काठमाडौं । नयाँ व्यवस्थापकमा एन्टोनियो कोन्टे आएयता के टोटनहमको खेलमा सुधार आएको छ त ?

इंग्लिस प्रिमियर लिगमा टोटनहमले कोन्टे आएयता आफ्नो अपराजित यात्रा छ खेलमा कायम राखेको छ ।

यसमध्ये पछिल्लो खेलमा टोटनहमले क्रिस्टिल प्यालेसलाई हरायो र लिग अंक तालिकाको पाँचौं स्थानमा उक्लिन सफल रह्यो ।

यो प्रदर्शनपछि केही खेल पण्डितले अहिलेको टोटनहम र सन् २०१६ र २०१७ को चेल्सीको तुलना गर्न थालेका छन् ।

त्यो सिजन कोन्टेले चेल्सीलाई लिग उपाधि दिलाएका थिए । अहिले पनि कोन्टे आएपछि टोटनहम केही व्यवस्थित देखिएको छ । उनले क्लब सम्हालेको पनि नोभेम्बरयता मात्र हो ।

यसअघि टोटनहमले आफ्नो व्यवस्थापक नुनो सान्टोलाई वर्खास्त गरेको थियो । खराब लयबीच यी पोर्चुगाली प्रशिक्षकले आफ्नो जागिर गुमाएका थिए । चेल्सीले त्यो समय लिग जित्दा जुन लय देखाएको थियो, के त्यस्तै लयमा अहिले टोटनहममा देखा परेको हो त र ?

यो प्रश्न कोन्टेलाई सोधिंदा उनले उत्तर दिएका छन्, ‘मलाई त्यस्तो लाग्दैन, किनभने दुवै फरक स्थितिका हुन् । खासमा म कुनै पनि प्रकारको तुलना मन पराउने प्रशिक्षक होइन् ।

चेल्सीमा बिताएको त्यो सिजन मलाई अझै पनि खुबै याद छ । तर फेरि पनि भन्छुं, त्यो बेलाको परिस्थिति र अहिले टोटनहम रहेको अवस्था फरक छन् ।’ के त्यसो भए, कम्तीमा टोटनहमको प्रदर्शनमा त सुधार आएको छ, यसअघि नुनो टिमको व्यवस्थापनमा हुँदाको तुलनामा ?

यसको उत्तरमा उनले भनेका छन्, अहिले टोटनहमको अवस्था भनेको लेख्न पूरा नभएको कथा जस्तै हो । कोन्टे भन्छन्, ‘टिमको सुधार आवश्यक छ, यसमा कसैको दुविधा छैन् । सबैभन्दा खेलमा सुधारका लागि खेलाडीको आत्मविश्वास बढेको हुनु पर्छ । तपाईलाई पनि थाहा छ, मलाई पनि थाहा छ, टोटनहमको स्थितिमा साँच्चै सुधार ल्याउन धेरै काम बाँकी छ ।’ उनले क्रिस्टल प्यालेसविरुद्ध प्राप्त तीन गोलको जितमा भने खुसी व्यक्त गरे ।

उनले थपे, ‘लिगमा तीन अंक जित्नु सधैं खुसीको उपलब्धी हुने गर्छ । त्यसमाथि हाम्रा तीन स्ट्राइकरले एक एक गोल गरे । त्यसमाथि हामीले क्लिन सिट पनि राख्यौं ।’ प्यालेसमाथि प्राप्त त्यस जितमा ह्यारी केन, लुकास मोउरा र सन ह्वेङ–मिनले गोल गरेका थिए ।

यो जितपछि टोटनहमको २९ अंक भएको छ । यो चौथो स्थानमा रहेको आर्सनलको भन्दा छ अंक कम हो । तर आर्सनलको उत्तरी लन्डन प्रतिद्वन्द्वीले तीन खेल कम खेलेको छ ।


–रोयटर्सको सहयोगमा । 

Loading ad...
LiNing Ad
टोटनहम लेख्न पूरा नभएको कथा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफाको अनुसन्धानमा अर्जेन्टिना

फिफाको अनुसन्धानमा अर्जेन्टिना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हारबाट काभा भलिबलको सुरुवात

हारबाट काभा भलिबलको सुरुवात

कबड्डीको एसियाड तयारी भारतमा हुने

कबड्डीको एसियाड तयारी भारतमा हुने

पल्सर स्पोर्ट्स अवार्ड भदौं १८ गते

पल्सर स्पोर्ट्स अवार्ड भदौं १८ गते

नामिबियासँग नेपालको हार

नामिबियासँग नेपालको हार

अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफाको अनुसन्धानमा अर्जेन्टिना

फिफाको अनुसन्धानमा अर्जेन्टिना

नामिबियासँग खेल्दै नेपाल

नामिबियासँग खेल्दै नेपाल