हारबाट जोगियो युनाईटेड
मंगलबार, १३ पौष २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ।
सोमबार राति भएको खेलमा युनाईटेड न्युकासलसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
न्युकासलको मैदानमा एडिन्सन काभानीले गोल गरेपछि युनाईटेड हारबाट जोगिएको हो ।
काभानीले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए ।
त्यसअघि खेलको सातौं मिनेटमा एलन सेन्ट म्याक्सिमिनले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए ।
यस बराबरीसँगै युनाईटेडले १७ खेलमा २८ अंक जोडेको छ ।
युनाईटेड सातौं स्थानमा रहेको छ ।
न्युकासल ११ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
हारबाट जोगियो युनाईटेड












-1777808400835.jpeg&w=3840&q=75)
