काठमाडौं । सिल्क ग्रुप र नेपाल टेलीकम राजधानीमा जारी कुमारी बैंक काठमाण्डु टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन आमन्त्रीतको उपाधी नजिक पुगेको छ ।
दशरथ रङ्गशालाको कभर्डहलमा भएको च्याम्पियनसिपमा नेपाल बिद्युत प्राधिकरणलाई ३–१ ले पराजित गर्दै सिल्क फाईनल प्रवेश गरेको हो । फाईनल प्रवेश गर्ने क्रममा सुरुको दुई खेल सिल्कका विकास श्रेष्ठ र अनुमाया राईले जित निकाल्दै खेललाई २ –० को अग्रता लिए ।
बिकासले बिद्युतका दीपक बोहरालाई २१–१८, २१–१७ ले तथा अनुमायाले बिद्युतकी शोभा गौचनलाई २१–१६, १८–२१, २१–१३ ले पराजित गरेका थिए । तेश्रो खेलमा बिद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जनको जोडीले सिल्कका सुबाश अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–११, २१–१४ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा पुर्राए ।
यस्तै खेललाई आफ्नो पक्षमा पार्ने क्रममा सिल्कका अनुमाया राई र ताशी शेर्पाको जोडीले बिद्युतका शोभा गौचन र याम कुमारी गुरुङ्गको जोडीलाई २१–१३, २१–१९ले पराजित गर्दै खेललाई ३–१ ले आफ्नो पक्षमा पार्दै फाईनल यात्रा तय गरेको हो ।
काठमाण्डौ ब्याडमिन्टन एकेडेमीको आयोजना नेपाल ब्याडमिन्टन संघ र काठमाण्डौ जिल्ला ब्याडमिन्टन संघको सहयोगमा भएको च्याम्पियनसिपमा नेपाल आईल कर्पोरेशन र नेपाल टेलिकम विच भएको खेलमा टेलीकमले बाजी मार्दै फाईनलमा सिल्क संगको भेट पक्का ग¥यो । पहिलो खेलमा टेलिकमका रत्नजित तामाङ्गले आईल कर्पोरेशनका बिष्णु कटुवाललाई २१–७, २१–१०ले पराजित गर्दै खेललाई १–०को अवस्थामा पुर्राए ।
दोश्रो खेलमा आईल कर्पोरेशनकी रशिला महर्जनले टेलीकमकी सिमा राजबंशीलाई २१–१२, २१–८ ले पराजित गर्दै खेललाई एक एकको बराबरीमा ल्याईन् । तेश्रो खेलमा टेलिकमका सुरेन्द्र सिंह कार्की र हरिकृष्ण शर्माको जोडीले आईल कर्पोरेशनका लक्ष्मण बिश्वकर्मा र राम बिश्वकर्माको जोडीलाई २१–९, २१–८ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा पुर्राए ।
चौथो खेलमा आईल कर्पोरेशनका रशिला महर्जन र सर्मिला कटुवालको जोडीले टेलीकमका जे.टी.गुड्डी कार्की र सिमा राजबंशीको जोडीलाई २१–१२, १६–२१, २१–८ ले पराजित गर्दै खेललाई दुई दुईको अवस्थामा पुर्राए । पाँचौ तथा अन्तिम खेलमा टेलीकमका हरिकृष्ण शर्मा र रत्नजित तामाङ्गको जोडीले आईल कर्पोरेशनका राम बिश्वकर्मा र बिष्णु कटुवालको जोडीमाथि २१–१८, २१–९ को जित निकाल्दै ३–२ का साथ फाईनल यात्रा तय गर्यो ।
फाईनल शुक्रबार दिनको १ बजे हुने कार्यक्रम रहेको छ ।