काठमाडौं । बंगलादेश र पाकिस्तानबीचको दोस्रो टेस्ट क्रिकेटको तेस्रो दिनको खेल पनि वर्षाका कारण प्रभावित भएको छ ।
शेरे बंगला नेशनल स्टेडियममा जारी टेस्टको तेस्रो दिनको खेल पिचबाट कभर समेत हटाउन नपाउदै रद्द भएको हो ।
पछिल्लो पटक सन् २०१५ मा दक्षिण अफ्रिकाले बंगालदेशको भ्रमण गर्दा पुरा दिनको खेल प्रभावित भएको थियो ।
दोस्रो दिनको खेलपनि केवल ३० मिनेट खेलेपछि स्थगित भएको थियो ।
दोस्रो दिन पाकिस्तानले केवल ६ दशमलब २ ओभरमात्र ब्याटिङ गर्न सकेको थियो ।
तेस्रो दिनको समाप्तीसम्ममा पाकिस्तानले पहिलो इनिङ्समा दुई विकेट गुमाएर १ सय ८८ रन जोडेको छ ।
कप्तान बाबर आजम ७१ रन तथा अजहर अली ५२ रनमा अविजित रहेका छन् ।
ओपनर अविड अली ३९ तथा अब्दुल्लाह शफिक २५ रनमा आउट भए ।
बंगलादेशका तैजुल इस्लामले दुबै विकेट हात पारेका छन् ।
यसअघि पहिलो टेस्ट पाकिस्तानले जितेको थियो ।
खेलको चौथो र पाँचौ दिन मौसम सफा रहने आंकलन गरिएको छ ।