काठमाडौं । एसेस क्रिकेट सिरिज अन्तर्गतको अष्ट्रेलिया र इंग्ल्यान्डबीचको पाँचौ टेस्ट पर्थमा नहुने भएको छ ।
अष्ट्रेलियाको क्रिकेट बोर्डले पाँचौ टेस्ट पर्थमा नहुने सोमबार सुनिश्चित गरेको हो ।
कोरोना भाइरस महामारी सम्बन्धि प्रतिबन्धहरुका कारण सो टेस्ट पर्थबाट अन्य स्थानमा सारिने बोर्डले जनाएको छ ।
एसेसको पहिलो टेस्ट ब्रिसबेनमा डिसेम्बर ८ बाट सुरु हुदैछ ।
पाँचौ टेस्ट भने जनवरी १४ मा पर्थमा खेलिने तालिका रहेको थियो ।
तर बोर्डले पर्थमा सो टेस्ट नहुने जनाएपनि खेल हुने नयाँ स्थानको बारेमा निर्णय गरेको छैन ।
बोर्डले जनाए अनुसार सिमा नियन्त्रण र क्वारेन्टाइन आवश्यकताका कारण यो निर्णय लिनुपरेको हो ।
बोर्डले वेस्टर्न अष्ट्रेलिया क्रिकेटसँग मिलेर पर्थमा खेल गराउने विषयमा काम गरेपनि त्यो सम्भव हुन नसकेको स्पष्ट पारेको छ ।