काठमाडौं । भारतले न्यूजिल्यान्डविरुद्धको दुई टेस्ट क्रिकेटको सिरिज १–० ले जितेको छ ।
मुम्बईमा भएको दोस्रो टेस्टमा न्यूजिल्यान्डलाई ३ सय ७२ रनको फराकिलो अन्तरले पराजित गर्दै भारतले सिरिज जितेको हो ।
पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।
दोस्रो इनिङ्समा जितका ५ सय ४० रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्ड केवल १ सय ६७ रनमा अलआउट भयो ।
न्यूजिल्यान्डका लागि डेरिल मिचेलले सर्वाधिक ६० तथा हेनरी निकोल्सले ४४ रन जोडे ।
न्यूजिल्यान्डलाई सस्तैमा समेट्न रविचन्द्रन आश्विन र जयन्त यादवले समान चार–चार विकेट हात पारे । अक्सर पटेलले एक विकेट लिए ।
यस अघि भारतले पहिले ब्याटिङ गर्दै पहिलो इनिङ्समा ३ सय २५ रन जोडेको थियो ।
उसका लागि मयन्क अग्रवालले १ सय ५० रनको योगदान गरे । अक्सर पटेलले ५२ रन जोडे ।
न्यूजिल्यान्डका अजाज पटेल एक्लैले १० विकेट लिएका थिए ।
तर जवाफमा न्यूजिल्यान्डले पहिलो इनिङ्समा केवल ६२ रन मात्र जोड्न सकेको थियो ।
न्यूजिल्यान्डका लागि कायल जामिसनले सर्वाधिक १७ रन जोडेका थिए ।
भारतका रविचन्द्रन आश्विनले पहिलो इनिङ्समा पनि न्यूजिल्यान्डका चार खेलाडीलाई आउट गरेका थिए । उनी प्लेयर अफ द सिरिजको अवार्ड जिते ।
मोहम्मद सिराजले ३ विकेट हात पारे ।
दोस्रो इनिङ्समा भारतले ७ विकेट गुमाउदै २ सय ७६ रन जोड्दै न्यूजिल्यान्डसामु ५ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
भारतका प्लेयर अफ द म्याच बनेका मयन्क अग्रवालले सर्वाधिक ६२ रन जोडेका थिए ।
न्यूजिल्यान्डका अजाज पटेलले दोस्रो इनिङ्समा चार विकेट हात पारेका थिए ।
रचिम रविन्द्रले ३ विकेट लिए ।