काठमाडौं । वेस्ट इन्डिजका कप्तान केइरन पोलार्डले पाकिस्तान भ्रमण गुमाउने भएका छन् ।
चोटका कारण व्हाइट बल कप्तान पोलार्डले पाकिस्तान भ्रमण गुमाउने भएका हुन् ।
पोलार्डले ह्याम्स्ट्रिङको चोट बोकेको बताईएको छ ।
वेस्ट इन्डिज क्रिकेटले पोलार्ड चोटबाट मुक्त हुनलाई रिहाबमा रहेको जनाएको छ ।
पोलार्डको अनुपस्थितिमा निकोलस पुरनले टी-ट्वान्टी र साई होपले एकदिवसीयमा कप्तानी गर्ने बताईएको छ ।
वेस्ट इन्डिजले अर्को हप्ता पाकिस्तानको भ्रमण गर्दैछ । भ्रमण दौरान वेस्ट इन्डिजले पाकिस्तानसँग समान ३/३ खेलको टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ ।
वेस्ट इन्डिज र पाकिस्तानबीचको पहिलो टी-ट्वान्टी डिसेम्बर १३ मा कराँचीमा हुनेछ ।
यस्तै पहिलो एकदिवसीय १८ डिसेम्बरमा हुनेछ ।