काठमाडौं । राष्ट्रिय पुरुष भलिबल टिमको बन्द प्रशिक्षणबाट चार खेलाडी बाहिरिएका छन् ।
नेपाल भलिबल संघले बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट चार खेलाडी बाहिरिएको जनाएको हो ।
दुर्गा महतो, विजय थापा, दिलबहादुर सुनवार र झमन सिंह दर्जी टिमबाट बाहिरिएका छन् ।
पहिलो चरणमा चार खेलाडी बाहिरिएपछि प्रशिक्षणमा अब १६ खेलाडी रहेका छन् ।
संघले अन्तिम १२ खेलाडीको टुंगो भने डिसेम्बर १२ तारिखमा लगाउने छ ।
पुरुष टोली एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको छ ।
प्रतियोगिता बंगलादेशको ढाकामा डिसेम्बर २१ देखि २९ तारिखसम्म हुनेछ ।
बन्द प्रशिक्षणमा रहेका खेलाडी:
ईम राना मगर, हरि हजुर थापा, मान बहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, धिरज बस्नेत, टेकराज अवस्थी, हरि बहादुर अधिकारी, दुर्गा बहादुर खड्का, भैरव बहादुर बम, दीपक राज जोशी, रविन चन्द, शरण समारी क्षेत्री, विशाल विक, इश्वर थापा र विनोद चन्द टिममा रहेका छन् ।