काठमाडौं । प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिताको उपाधि ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले जितेको छ ।
शनिबार भएको फाइनलमा ढोरपाटनले आयोजक गुरुङ स्पोर्ट्स हाउसलाई २५–१६,२५–२१,१५–२० ले हरायो ।
गुरुङ स्पोर्ट्स हाउसको आयोजनामा भएको प्रतियोगितामा मण्डली स्पोर्ट्स क्लबले एक नम्बर प्रदेश रातोलाई २२–२५,२५–१८,२५–१९२३–२५,१५–१० ले हराउदै तेस्रो स्थान हात पार्यो ।
प्रतियोगितामा ढोरपाटनका प्रताप खवास उत्कृष्ट खेलाडी घोषित भए । यसैगरी, गुरुङ स्पोर्ट्स हाउसका सन्तोष श्रेष्ठ उत्कृष्ट स्पाइकर,एक नं प्रदेशका राम घताने उत्कृष्ट ब्लकर र ढोपराटनका मनबीर छन्त्याल उत्कृष्ट डिफेन्स घोषित भए ।
यसैगरी मण्डलीका राजन गुरुङ उत्कृष्ट सर्भर तथा ढोरपाटनका मन कुमार छन्त्याल उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट खेलाडीले ५ हजार तथाअन्यविधागतउत्कृष्टले तीनहजार रुपैया पुरस्कार पाए ।
ढोरपाटन भलीबल प्रशिक्षण केन्द्र नयाँबसपार्कमा भएको प्रतियोगिताको उपाधि विजेताले १ लाख ११हजार १ सय ११ रुपैया तथा उपविजयी टोलीले ६१ हजार १सय ११ रुपैया पुरस्कार पाए ।
यसैगरी, तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैया पुरस्कार पायो भने चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैया पुरस्कार पाएको छ ।
विजेता टोली तथा खेलाडीलाई प्रमुखअतिथी राखेप सदस्य एकेन्द्र कुवँर र विशिष्ट अतिथी नेपाल भलिबल संघका कार्यबाहक अध्यक्ष यम गुरुङ लगायतले पुरस्कार प्रदान गरे ।