काठमाडौं । श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको दुई टेस्ट क्रिकेटको सिरिज २–० ले जितेको छ ।
घरेलु टोली श्रीलंकाले दोस्रो टेस्ट १ सय ६४ रनले जित्दै सिरिजमाथि कब्जा जमाएको हो ।
जितका लागि २ सय ९७ रनको लक्ष्य पछ्याएको पाहुना टोली वेस्ट इन्डिज १ सय ३२ रनमै अलआउट भयो ।
वेस्ट इन्डिजका लागि नक्रुमल वोनरले सर्वाधिक ४४ रन जोडे । जर्मेन ब्ल्याकउड ३६ रनमा आउट भए ।
वेस्ट इन्डिजको इनिङ्स ध्वस्त पार्न श्रीलंकाका लासिथ इमबुलडेनिया र रमेश मेन्डिसले समान ५–५ विकेट चट्काए ।
यस अघि पहिलो इनिङ्समा श्रीलंकाले २ सय ४ रन बनाएको थियो । श्रीलंकाका लागि पाथुम निशान्काले सर्वाधिक ७३ रन जोडेका थिए ।
वेस्ट इन्डिजका भिरासामी पेरमाउलले सर्वाधिक ५ तथा जोमेल वारिकनले ४ विकेट लिएका थिए ।
जवाफमा वेस्ट इन्डिजले पहिलो इनिङ्समा २ सय ५३ रन जोडेको थियो ।
वेस्ट इन्डिजका लागि कप्तान क्रेग व्रेथवेटले सर्वाधिक ७२ रनको योगदान गरेका थिए ।
श्रीलंकाका रमेश मेन्डिसले सर्वाधिक ६ विकेट हात पारेका थिए ।
श्रीलंकाले दोस्रो इनिङ्स भने ९ विकेट गुमाएर ३ सय ४५ मा समाप्तीको घोषणा गरेको थियो ।
श्रीलंकाका लागि धनन्जय डि सिल्भाले अविजित १ सय ५५ रनको योजना गरेका थिए ।
वेस्ट इन्डिजका भिरासामी परमाउलले सर्वाधिक ३ विकेट हात पारेका थिए ।