काठमाडौं । न्यूजिल्यान्डका कप्तान केन विलियम्सनले भारतविरुद्धको दोस्रो टेस्ट गुमाउने भएका छन् ।
भारत र न्यूजिल्यान्डबीचको दोस्रो टेस्ट शुक्रबारबाट मुम्बईमा हुदैछ ।
बायाँ कुहिनाको समस्या पुनः देखिएपछि विलियम्सनले दोस्रो टेस्ट गुमाउने भएका हुन् ।
विलियम्सनको स्थानमा टम लाथमले कप्तानीको भूमिका निर्वाह गर्नेछन् ।
अर्कोतर्फ भारतका अजिङक्या रहाने, रविन्द्र जडेजा र इशान्त शर्माले पनि दोस्रो टेस्ट गुमाउने भएका छन् ।
रहानेको बायाँ ह्यामस्ट्रिङमा समस्या देखिएको छ । कानुपरमा भएको पहिलो खेलको अन्तिम दिन रहानेमा ह्यामस्ट्रिङको समस्या देखिएको थियो ।
यता जडेजाको दाहिने हातमा चोट लागेको र हात सुन्निएको छ ।
इशान्तले पनि पहिलो टेस्टका क्रममा बायाँ हातको कान्छि औलामा चोट बोकेका थिए ।
रहाने र जेडेजाको स्थानमा केएस भारत र सुर्यकुमार यादव टिममा आउन सक्ने बताइएको छ ।
यी दुई टोलीबीचको पहिलो खेल बराबरीमा सकिएको थियो ।