काठमाडौं । नेपाली सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडी सिन्धुपाल्चोकको बाह्रबिसेमा जारी बाह्रबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगितामा पुरुष युगल तर्फ विजयी सुरुआत गरेका छन् ।
महर्जन र लिनथेपको जोडीले बाह्रबिसेका राजकुमार तामाङ्ग र अजय लामाको जोडीलाई २१–९, २१–१९ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् ।
सिल्क ग्रुपको प्रायोजन, बाह्रबिसे नगरपालिकाको सहयोग तथा खुर्सानीबारी खेलकुद कभर्डहलको आयोजनामा भएको प्रतियोगितामा एपिएफका सुमन लिम्बु र प्रनिश सिंह ठकुरीको जोडीले पनि दोश्रो चरणमा स्थान बनाएका छन् ।
लिम्बु र ठकुरीले मनकामना स्पोर्टस्का बिशाल बस्नेत र राजु थापाको जोडीलाई १६–२१, २१–१२, २२–२० को कठिनका साथ पराजित गरे । यस्तै बालकुमारी रिमिस्कका दिप्रीश बज्राचार्य र सुमन शाक्यको जोडीले दोश्रो चरण प्रवेश गर्ने क्रममा सुर्खेतका नरेन्द्र बम र कविर के.सी.को जोडीलाइ २१–१४, १७–२१, २१–१६ ले हराए ।
शिर्ष २० बरियता बाहेकका पुरुष युगल तर्फको अन्य खेलमा बुटवलका सुशिल गिरी र विवेक न्यौपानेको जोडी, १६ फिदरका अभिषेक बोस र सुजन थापाको जोडी, नवलपरासीका रोशन कुमाल र किरण महतोको जोडी, १६ फिदरका क्षितिज खनाल र अमन महर्जनको जोडी, एपिएफका एशिया जवेगु र नविन सिलवालको जोडी तथा चितवनका विधान गुरुङ र सूर्यदर्शन ब्याडमिन्टन क्लबका दीपक रानाको जोडीले पनि दोश्रो चरणमा स्थान पक्का गरे ।
गिरी र न्यौपानेको जोडीले पिस फिटनेश क्लब, पेप्सीकोलाका संजय कपाली र योगश खड्काको जोडीलाई २१–१७, १९–२१, २१–७ ले, बोस र थापाको जोडीले चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई २१–१९, २२–२० ले, कुमाल र महतोको जोडीले सुर्खेतका करण बैगर र पूर्णबहादुर सिंहको जोडीलाई २१–१९, २१–१३ ले, खनाल र महर्जनको जोडीले सुर्खेतका जित प्रसाद लामिछाने र अनिल मल्लको जोडीलाई २१–१५, १८–२१, २२–२० ले, जवेगु र सिलवालको जोडीले सेनाका बिवेक चौधरी र आयुष्मान नागरीको जोडीलाई २१–१८, २१–१२ ले तथा गुरुङ र रानाको जोडीले चौताराका कैलाश श्रेष्ठ र बाह्रबिसेका सुरेन्द्र श्रेष्ठको जोडीलाई २१–१७, २१–१२ ले पराजित गरे ।
यसैगरि जित निकाल्ने क्रममा सेनाका गोकुल जोरा र दिवश संकरको जोडीले चौताराका पदम घले र सविन श्रेष्ठको जोडीलाई २१–१०, २१–८, बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमित महर्जनको जोडीले नवलपरासीका अक्षय के.सी. र केवल श्रेष्ठको जोडीलाई २१–१०, २१–१० को समान अन्तरले तथा बाह्रबिसेका अभिषेक गुरुङ र त्रिपुरासुन्दरीका आशिष तामाङ्गको जोडीले सुर्खेतका दिपेश चौधरी र निरञ्जन चौधरीलाई २१–१६, २१–१६ को समान अन्तरले पराजित गरे ।