काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि पाँच जनाको सूची तयार गरेको छ ।
क्यानले रिक्त रहेको मुख्य प्रशिक्षकका लागि मोन्टी देसाई, पुवुदु दासानायके, असान्था गुरुसिङघे, ग्रान्ट ब्राडवर्न र रुवान काल्पेजको नाम समावेश गर्दै सूची तयार गरेको हो ।
क्यानले तयार पारेको ५ जनाको नाम बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लाई पठाएको छ ।
क्यानले बुधबार प्रशिक्षकका लागि आवेदन दिएका मध्य ५ जनाको अन्तरवार्ता लिएको थियो ।
प्रशिक्षकको अन्तिम टुंगो लगाउने उदेश्यले आईसीसीसँग छलफल गर्न ५ जनाको नाम पठाएको क्यानले जनाएको छ ।
सिफारिसमा परेका ५ मध्ये एक जनाले नेपालको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् ।
पाँच जनामध्य मोन्टी देसाई र पुवुदु दासानायके प्रशिक्षकको दौडमा अगाडी रहेको क्यान स्रोतले खेलपाटीलाई बतायो ।
देसाईले यस अघि नेपालको ब्याटिङ कन्सल्ट्यान्टको रुपमा काम गरिसकेका छन् ।
दासानायकेले पनि यस अघि नेपालको राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक जिम्मेवारी सम्हालेका थिए ।
श्रीलंकनमुलका अष्ट्रेलियाली पूर्व क्रिकेटर गुरुसिङघे पनि प्रशिक्षक बन्ने दौडमा रहेका छन् ।
गुरुसिङघेले श्रीलंकाका लागि ४१ टेस्ट र १ सय ४७ एकदिवसिय खेलेका छन् ।
त्यसैगरी, ग्रान्ट वार्डेन न्यूजिल्यान्डका पूर्व क्रिकेटर तथा प्रशिक्षक हुन् ।
मुख्य प्रशिक्षकका लागि पूर्व श्रीलंकन क्रिकेटर रुवान काल्पेजले पनि अन्तिम ५ जनाको सूचीमा परेका छन् ।