काठमाडौं । सन् २०२२ को इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि कुल २७ खेलाडी 'रिटेन' भएका छन् ।
आईपीएलका आठ टिमले २७ खेलाडीलाई रिटेन गरेका छन् ।
जसमा आठ विदेशी खेलाडी र ४ भारतका अनक्याप खेलाडी रहेका छन् ।
चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, कोलकत्ता नाइट राईडर्स र मुम्बई इण्डियन्सले ४/४ खेलाडी रिटेन गरेको छ ।
राजस्थान रोयल्स,रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरवादले ३/३ खेलाडी रिटेन गरेको छ ।
यस्तै पन्जाब किङ्सले दुई खेलाडी रीटेन गरेको छ ।
नयाँ आईपीएल टी-ट्वान्टी क्रिकेटमा १० टिमले प्रतिस्पर्धा गर्ने छन्।
बीसीसीआईले दुई फ्रेन्चाईज टिम थप्दै आईपीएल खेल्ने १० टिम बनाएको हो ।
आईपीएलको नयाँ टिममा लखनऊ र अहमदाबाद रहेका छन् ।
नयाँ संस्करणको आईपीएलको तिमि तय भएको छैन ।
रिटेन भएका खेलाडी :
चेन्नई - महेन्द्र सिंह धोनी,रविन्द्र जडेजा,मोइन अली रुतुराज गायकवाड
दिल्ली -ऋषव पन्त, अक्षर पटेल, पृथ्वी श, एन्रिच नोर्किया
कोलकत्ता - आन्द्रे रसेल, वरुण चक्रवर्ती,भेन्कातेस आयर,सुनिल नारिन
मुम्बई - रोहित शर्मा, जस्प्रित बुम्राह,सूर्यकुमार यादव,केइरन पोलार्ड
पन्जाब - मायांक अग्रवाल,अर्शदिप सिंह
राजस्थान - सन्जु सामसन, जोस बट्लर, याशभी जैशवाल
बैंगलोर -विराट कोहली,ग्लेन म्याक्सवेल, मोहमद सिराज
हैदरवाद - केन विलियम्सन, अब्दुल समाद,उम्रन मालिक