काठमाडौं । गुरुङ स्पोर्ट्स हाउसको आयोजनामा सञ्चालीत प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिताको बुधबार भएको खेलमा प्रदेश तीनलाई मीश्रीत परिणाम हात लागेको छ ।
प्रदेश तीनको रातो टोलीले चितवनको कर्पाकेली युवा क्लबलाई २५–१७,२५–१८ ले हरायो । नेपाल भलिबल संघले प्रदेश तीनको निलो टोलीलाई २०–२५,२५–२०,१५–११ ले हरायो ।
अर्को खेलमा तनँहको भिर्लुङले धादीङ एडभान्सलाई २५–१३,२५–२३ ले हरायो । आयोजक गुरुङ स्पोर्ट्स हाउसले साझायातायात संगको खेलमा २५–२३,२५–१८ ले सफलतापायो ।
म(डाल स्पोर्ट्स क्लबले प्रदेश नं एकको रातो टोलीलाई १६–२५,२५–१९,१५–१३ ले हरायो । प्रदेश नं एक सेताले धादीङ एडभान्ससंगको खेलमा २५–७,२५–१९को सफलता पायो ।
पहिलो दिन भएको खेलमा प्रदेश नं एक रातो र मण्डली पाल्पाले जित हात पारेका छन् ।
प्रदेशएकले रोल्पालाई २५–१६,२५–२० ले हरायो । यसैगरी,पाल्पाले सिवाडोल भक्तपुरमाथिको खेलमा २५–२२,२५–२३ को सफलतापायो । सिपाडा्ेल युवाक्लबले रोल्पाभलीबल संघलाई २५–१६,२२–२५,१५–४ ले हरायो ।
ढोरपाटन भलीबल प्रशिक्षण केन्द्र नयाँ बसपार्कमा जारी प्रतियोगिताको लागत१ ५ लाख रुपैया रहेको छ ।
प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा ४० वर्ष भन्दामाथिको खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधिविजेताले १ लाख ११ हजार १ सय ११ रुपैया पुरस्कार पाउने छ ।
यसैगरी, उपविजयी टोलीले ६१ हजार १सय ११ तथा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैया पुरस्कार पाउने छन् । चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैया पुरस्कार पाउने छन् ।