काठमाडौं । बाह्रबिसे कप ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत जिल्लास्तरिय पुरुष युगलतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ ।
चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडी, मेलम्चीका किसन दुलाल र राजन श्रेष्ठको जोडी, बाह्रबिसेका अभिषेक गुरुङ र रमेश शेर्पाको जोडी तथा बलेफीका पूर्ण थापा र अजय लामाको जोडी अन्तिम चारमा प्रवेश गरेका छन् ।
श्रेष्ठ जोडीले क्वाटरफाइनलमा बलेफीका श्रीकृष्ण श्रेष्ठ र रारजकुमार तामाङको जोडीलाई २२–२०, ८–२१, २१–१४ को प्रतिस्पर्धात्मक जित निकाले । यस्तै जित निकाल्दै सेमिफाइनल प्रवेश गर्ने अर्को जोडीमा किसन दुलाल र राजन श्रेष्ठको जोडी रहेका छन् । दुलाल र श्रेष्ठको जोडीले बाह्रबिसेका प्रतिस साख र नवराज सापकोटाको जोडीलाई १६–२१, २३–२१, २४–२२ को संघर्षपूर्ण जित निकाले ।
यस्तै अभिषेक र रमेशको जोडीले मेलम्चिका फुनु शेर्पा र विजेन्द्र तामाङ्गको जोडीलाई २१–११, २१–१६ को सहज जित निकाल्दै अन्तिम चारको स्थान पक्का गरे ।
यसैगरि बलेफीका पूर्ण थापा र अजय लामाको जोडीले चौताराका पदम घले र सविन श्रेष्ठको जोडीलाई २१–११, २१–१४ ले पराजित गर्दै सेमिफाइनलमा अभिषेक र रमेशको जोडीसँगको भेट पक्का गरे ।
जिल्लास्तरिय प्रतियोगितामा २४ जोडीले सहभागिता जनाएका छन् ।