काठमाडौं । गुरुङ स्पोर्ट्स हाउसको आयोजनामा प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिता मंगलबार सुरु भएको छ ।
पहिलो दिन भएको खेलमा प्रदेश नं १ रातो र मण्डली पाल्पाले जित हात पारेका छन् ।
प्रदेश एकले रोल्पालाई २५–१६,२५–२० ले हरायो । यसैगरी,पाल्पाले सिवाडोल भक्तपुरमाथिको खेलमा २५–२२,२५–२३ को सफलता पायो ।
ढोरपाटन भलीबल प्रशिक्षण केन्द्र नयाँ बसपार्कमा जारी प्रतियोगिताको लागत १५ लाख रुपैया रहेको छ । प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा ४० वर्ष भन्दामाथिको खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधिविजेताले १ लाख ११हजार १ सय ११ रुपैया पुरस्कार पाउने छ ।
यसैगरी, उपविजयी टोलीले ६१ हजार १सय ११ तथा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैया पुरस्कार पाउने छन् । चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैया पुरस्कार पाउने छन् ।
प्रतियोगितालिगकम नकआउटको आधारमाहुने छ । एक टोलीमापाँच खेलाडी समाबेश हुन् छन् । चार खेलाडी मैदानमाउपिस्थितहुने प्राबधान छ ।
प्रतियोगिताको आयोजनामा हङकङ बस्ने गौरव गुरुङ, हेल्प नेपाल स्पोर्ट्स क्लबकाअध्यक्षबासु श्रेष्ठ, हाल अमेरिका बस्ने राजु केसी र हालजापान बस्ने रामु थापा ‘ काजी ’ लगायतको मुख्यभुमिका रहेको छ ।