काठमाडौं । वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सुदुरपश्चिम प्रदेशले पहिलो जित दर्ता गरेको छ ।
कर्णालीलाई १० विकेटले पराजित गर्दै सुदुरपश्चिमले पहिलो जित दर्ता गरेको हो ।
मुलपानी क्रिकेट मैदानमा जितका लागि चाहिएको ६७ रनको लक्ष्य सुदुरपश्चिमले केवल १२ दशमलब १ ओभरमा कुनै पनि विकेट नगुमाउदै पुरा गर्यो ।
सुदुरपश्चिमको जितमा खड्ग बोहराले अविजित ४१ तथा नरेश भट्टले अविजित १६ रनको योगदान गरे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली १६ दशमलब ५ ओभरमा अलआउट हुदै केवल ६६ रन जोड्न सक्यो ।
कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक १५ रन जोड्दा रमेश बुढाले १२ तथा रुपक दाहालले ११ रनको योगदान गरे ।
कर्णालीका चार खेलाडीले खाता खोल्न सकेनन ।
कर्णालीलाई झिनो रनमा समेट्न सुदुरपश्चिमका शेर मल्ल, नारायण जोशी र आकाश चन्दले समान तीन–तीन विकेट हात पारे ।
शेर मल्लले केवल २ दशमलब ५ ओभर बलिङ गर्दा ६ रन खर्चिर एक मेडन ओभर फालेका थिए ।
नरेन्द्र साउदले एक विकेट लिए ।
सुदुरपश्चिमको तीन खेलमा पहिलो जित हो ।
यता चार खेल खेलेको कर्णालीले केवल एक खेल जितेको छ ।