काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको प्रशिक्षण सुरु भएको छ ।
एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि नेपालले शुक्रबारबाट तयारी थालेको हो ।
महिला टोलीले गत साताबाट तयारी सुरु गरिसकेको छ ।
नेपाली टोलीलाई प्रशिक्षण दिन नेदरल्याण्ड्सका प्रशिक्षक हान एबिङ नेपाल आईसकेका छन् ।
बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ ।
नेपाल भलिबल संघले प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको छ ।
प्रशिक्षणमा डाकिएका खेलाडी :
ईम राना मगर, मान बहादुर श्रेष्ठ, धनबहादुर भट्ट, हरि थापा, विशाल विक, हरि अधिकारी, दुर्गा महतो, धिरज बस्नेत, टेकराज अवस्थी, विजय थापा, दिलबहादुर सुनवार, दुर्गा बहादुर खड्का, भैरव बम, दीपक राज जोशी, शरण समारी क्षेत्री, रविन चन्द, झमन सिंह दर्जी, विनोद चन्द, इश्वर थापा, राजेन्द्र विष्ट