काठमाडौं । नेपालको दुई दिने भ्रमण सकेर अन्तराष्ट्रिय बक्सिङ महासंघ (आइबा) का अध्यक्ष उमर क्रेमलेभ फर्किएका छन् ।
रुसी नागरिक उमर भ्रमण सकेर बिहीबार साँझ फर्किएका हुन् ।
नेपाल बक्सिङ संघको विशेष निमन्त्रणामा अध्यक्ष उमर नेपाल आएका थिए ।
अध्यक्ष उमरको नेतृत्वमा ८ सदस्सीय टोली बुधबार बिहान नेपाल आएका हुन् ।
नेपाल भ्रमणको दौरान उमरले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा लगायतसँग भेटवार्ता गरेका थिए ।
यस्तै संघका पदाधिकारी र खेलाडीहरुसँग छलफल गरेका थिए ।
अध्यक्ष उमरले नेपाली बक्सिङका लागि सहयोग गर्ने वचन दिएका थिए ।