काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण सुरु भएको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा महिला भलिबल टोलीको प्रशिक्षण आज आइतबारबाट सुरु भएको हो ।
नेपाल भलिबल संघले प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको छ ।
एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि महिला टोलीले तयारी थालेको हो ।
महिला टोलीले प्रशिक्षक जगदिश भट्टको नेतृत्वमा तयारी गर्नेछन् ।
बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ ।
नेपाली महिला टोलीले २०१९ को सेन्ट्रल जोनको उपाधि जितेको थियो ।
संघले पुरुष टिमको प्रशिक्षण भने केहि दिनपछि सुरु गर्ने जनाएको छ ।