काठमाडौं । इंग्ल्यान्डका ब्याट्सम्यान जासन रोयले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको बाँकी खेल गुमाउने भएका छन् ।
रोय घाईते भएपछि इंग्ल्यान्डले खेल्ने बाँकी खेल गुमाउने भएका हुन् । उनको बाँया तिघ्रा चोटग्रस्त भएको छ ।
उनको स्थानमा जेम्स भिन्सेलाई बोलाइएको छ ।
दक्षिण अफ्रिकाविरुद्धको सुपर १२ को खेलका क्रममा रोय घाइते भएका थिए ।
उनी ब्याटिङ गर्ने क्रममा रिटायर्ड हर्ट भएका थिए ।
आइतबार भएको परिक्षणका क्रममा उनी इंग्ल्यान्डको बाँकी खेल गुमाउने निश्चित भएको हो ।
उनले आगामी वर्ष वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी क्रिकेट श्रृङखलाका लागि आफूलाई तयार पार्ने विश्वास व्यक्त गरे ।
बेन स्टोक्स, साम कुरान, जोफरा आर्चर तथा टायमल मिल्स जस्ता खेलाडीको अनुपस्थिति रहेको इंग्ल्यान्डका लागि रोयको अनुपस्थिति एक ठूलो झड्का हो ।