काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानले न्यूजिल्यान्डसामु १ सय २५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन जोड्यो ।
अफगानिस्तानका लागि नजिबुल्लाह जदरनले सर्वाधिक ७३ रन जोडे । उनले ४८ बलको सामना गर्दा ६ चौका र ३ छक्का प्रहार गरे ।
न्यूजिल्यान्डका लागि ट्रेन्ट बोल्ट सर्वाधिक ३ विकेट, टिम साउथी २ तथा एडम मिल्ने, इश सोधी र जेम्स निशानले समान एक–एक विकेट विकेट लिए ।
आजको खेल सेमिफाइनल प्रवेशका लागि दुबै टोलीका लागि महत्वपूर्ण छ ।
सुपर १२ को समूह २ अन्तर्गत पाकिस्तानले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेकोले बाँकी एक स्थानका लागि अफगानिस्तान, न्यूजिल्यान्ड र भारत संघर्षरत छ ।
आजको खेलमा अफगानिस्तानले जित निकाले, अफगानिस्तान, न्यूजिल्यान्ड र भारत तीनवटै टोलीका लागि सेमिफाइनलको बाटो खुल्ला रहनेछ भने न्यूजिल्यान्डले जित हात पारेको खण्डमा न्यूजिल्यान्डले अन्तिम चारमा स्थान पक्का गर्नेछ ।