एजेन्सी । टी–ट्वान्टी विश्वकप क्रिकेटमा आईतबार न्युजिल्याण्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुदैछ । अबुधाबीमा हुने यस खेल करोडौं भारतीयका लागि बहुप्रतिक्षित छ ।
न्युजिल्याण्ड टिमको नेतृत्व केन विलियम्सले गर्नेछन्, अफगानी टिमको कप्तानमा मोहम्मद नबी हुनेछन् ।
जसरी समूह वानबाट इङ्ल्याण्ड र अष्ट्रेलियाले विश्वकपको सेमिफाइनलका स्थान सुरक्षित गरेका छन् । अहिले सबैको नजर समूह टूमा रहेको छ ।
यस समूहमा पाकिस्तान लगातार चार खेलमा जित निकाल्दै सेमिफाइनलमा छनोट भैसकेको छ । समूह टूबाट सेमिफाइनल पुग्न अर्को एक टिमको टुङ्गो लाग्न बाँकी छ ।
यसमा तीन टिम दौडमा छन् ।
न्युजिल्याण्ड र अफगानिस्तानबीच हुने आईतबारको खेलमा दुई टिमसँगै भारतको समेत भविष्य जोडिएको छ ।
यस नतिजाको परिणामलाई निम्न लिखित तरिकाले उल्लेख गर्न सकिन्छ ।
न्युजिल्याण्डले जित्ने अवस्थामा :
न्युजिल्याण्डले अफगानिस्तानलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्न सक्छ । किनकी अफगानिस्तानविरुद्ध प्राप्त जितले न्युजिल्याण्डको ८ अंक हुनेछ । यसले भारतीय टिमको सम्भावना बन्द गर्नेछ । साथै मोहम्मद नबीको टिमलाई समेत ४ अंकले पछि छाड्नेछ ।
यसले भारत र अफगानिस्तानलाई प्रतियोगिताबाट बाहिर धकेल्नेछ ।
यदी न्युजिल्याण्डले जितेको खण्डमा र पाकिस्तानले समेत स्कटल्याण्डसँग अप्रत्यासीत हार ब्यहोरेको खण्डमा नेट रन रेटका आधारमा न्युजिल्याण्डले शीर्ष स्थानमा रहदै सेमिफाइनल यात्रा तय गर्न सक्ने सम्भावना बन्छ ।
अफगानिस्तानले जित्ने अवस्थामा :
अफगानिस्तानले जित्ने अवस्थामा भारतीय टिमको समेत सेमिफाइनल सम्भावना खुल्नेछ । न्युजिल्याण्डविरुद्ध जित हासिल गरेको खण्डमा अफगानिस्तानको समेत ६ अंक छ । जसले अफगानिस्तानलाई न्युजिल्याण्डको बराबरी पुर्याउनेछ । अफगानिस्तानविरुद्ध नराम्ररी पराजित भएको खण्डमा खराब नेट रनरेटले समेत न्युजिल्याण्डलाई प्रतियोगिता बाहिर पुर्याउन सक्छ ।
न्युजिल्याण्डविरुद्ध जित हासिल गरेपनि सेमिफाइनलमा अफगानिस्तान पुग्ने छैन । अफगानिस्तानका लागि नेट रनरेटको भुमिका महत्वपुर्ण हुन्छ । उसको नजर सोमबार भारत र नामिबिया बीच हुने खेलमा हुनेछ ।
भारत सो खेलमा महत्वपुर्ण रणनीतिको साथ मैदान उत्रनेछ, जसले गर्दा नेट रनरेटमा उसले न्युजिल्याण्ड र अफगानिस्तानलाई पछि छाड्न सकोस् ।