काठमाडौं । सन् २०२२ मा आयोजना हुने आईसीसी टी–ट्वान्टी क्रिकेट विश्वकपका लागि १२ टिमले स्थान सुरक्षित गरेका छन् ।
अष्ट्रेलियामा हुने विश्वकपका लागि १२ टोलीले स्थान पक्का गरेका हुन् ।
आयोजक अष्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्यूजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान र बंगालदेशले सुपर १२ मा प्रत्यक्षरुपमा स्थान सुरक्षित गरेका हुन् ।
यता पहिलो चरणका लागि श्रीलंका, वेस्ट इन्डिज, स्कटल्यान्ड र नामिवियाले स्थान पक्का गरेका छन् । पहिलो चरणको खेलपछि चार टोली सुपर १२ मा स्थान बनाउनेछन् ।
तर पहिलो चरणका लागि थप चार टोली छनोट प्रतियोगिताबाट आउनेछन् ।
बाँकी चार टोलीका लागि सन् २०२२ को फेब्रअरी र मे महिनामा विश्वव्यापी छनोट प्रतियोगिता हुनेछ ।
विश्वकपमा स्थान बनाउनका लागि नेपालले फेब्रअरीमा हुने आईसीसी टी–ट्वान्टी विश्वकप छनोट ‘ए’ अन्तर्गत सिंगापुर, युएई र जिम्बाबेविरुद्ध खेल्नेछ ।
नेपालले खेल्ने छनोट प्रतियोगिताको आयोजक र मिति भने तय भइसकेको छैन ।