दीपक र भवानीको जोडी फाइनलमा
आइतबार, २४ आश्विन २०७८खेलपाटी संवाददाता
काठमाडौं । दीपक लामा र भवानी थापाको जोडी दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन्।
गोठाटारको विष्टमा भइरहेको प्रतियोगितामा दीपक र भवानीको जोडीले बाबुराम ढकाल र भुवल तामाङको जोडीलाई २१–८ र २१–१४ को सोझो सेटमा पराजित गरे ।
फाइनलमा उनीहरुको भेट प्रकाश पराजुली र कुमार पन्तको जोडीसंग हुने छ ।
अर्को सेमिफाइनलमा प्रकाश र कुमारको जोडीले टंक पराजुली र विश्व पौडेलको जोडीलाई १८–२१, २१–१४ र २१–१४ को सेटमा हराएका थिए ।












-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)
-1769996814257.webp&w=3840&q=75)
-1769996351090.webp&w=3840&q=75)
