काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोमान्चक जित निकालेको छ ।
दुबईमा शुक्रबार राति भएको खेलमा बैंगलोरले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको हो ।
दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
बैंगलोरका लागि श्रीकर भारतले अविजित ७८ रनको अर्धशतकीय इनिङ्स खेले । ग्लेन म्याक्सवेलले अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै एबी डी भिलियर्सले २६ रन जोड्दा कप्तान विराट कोहली ४ रनमा आउट भए । देवदत्त पड्डीकल सुन्य रनमा पेभेलियन फर्किए ।
दिल्लीका एन्रिच नोर्कियाले दुई तथा अक्षर पटेलले १ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
दिल्लीका लागि पृथ्वी शले ४८ रन जोड्दा शिखर धवनले ४३ रन बनाए ।
शिम्रन हिटमायरले २९ रन जोड्दा श्रेयस आयरले १८ रन बनाए । कप्तान ऋषव पन्त १० रनमा आउट हुँदा रिपल पटेलले अविजित ७ रन जोडे ।
बैंगलोरका मोहमद सिराजले २ तथा युजभेन्द्र चाहल,हर्सल पटेल र डान क्रिसले एक एक विकेट लिए ।
यस जितसँगै बैंगलोरले १४ खेलमा १८ अंक जोडेको छ ।
प्ले अफ पुगिसकेको बैंगलोर तेस्रो स्थानमा रहेको छ ।
दिल्ली २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
दिल्ली क्वालिफायरमा पुगिसकेको छ ।