शुक्रबार, ०९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

प्रथम प्रदेश भलिबलको सेमिफाइनल समीकरण पूरा

शुक्रबार, २२ आश्विन २०७८खेलपाटी संवाददाता
प्रथम प्रदेश भलिबलको सेमिफाइनल समीकरण पूरा
mustang rice ad

धनगढी  । कैलालीको धनगढीमा जारी प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ को सेमिफाइनल समीकरण पूरा भएको छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार ४ वटा खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।

समूह ‘क’ बाट डोटी विजेता र कञ्चनपुर उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । डोटीले कञ्चनपुरलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बनेको हो ।

शुक्रबार सम्पन्न अन्तिम खेलमा डोटीसँग पराजित भएको कञ्चनपुरले बैतडीलाई ३–१ को सेटमा पराजित गरेसँगै कञ्चनपुर पनि सेमिफाइनलमा स्थापन बनाउन सफल भएको हो ।

समूह ‘ख’ बाट डडेल्धुरा विजेता र कैलाली उप विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । आज भएको लिग चरणको आफ्नो अन्तिम खेलमा दार्चुलालाई ३–० को सोझो सेटमा पराजित गर्दै डडेल्धुरा समूह विजेता बनेको छ । कैलालीले पनि बाजुरालाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

प्रतियोगिता अन्तरगत भोलि बिहान ७ बजेबाट सेमिफाइनलका खेल र भोलि नै फाइनल खेल हुनेछ । सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार जारी प्रतियोगितामा प्रदेशका ९ वटै जिल्लाका टिमहरूले सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेतालाई नगद १ लाख सहित ट्रफी दिइने सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उपविजेतालाई नगद ५० हजार सहित ट्रफी दिइने छ । प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टिमलाई २५÷२५ हजार नगद सहित ट्रफी दिइनेछ भने विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ ।

सुदूरपश्चिममै पहिलो पटक म्याटमा प्रतियोगिता सञ्चालन भइरहेको हो । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरूलाई समेटेर सुदूरपश्चिम प्रदेशको भलिबल टिम बनाइने सिंहले बताए । ती खेलाडीहरूलाई प्रशिक्षणको व्यवस्था गरी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाइने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोमाञ्चक खेलमा एपीएफसँग हार्‍यो गण्डकी

रोमाञ्चक खेलमा एपीएफसँग हार्‍यो गण्डकी

आर्मीले सहजै जित्यो

आर्मीले सहजै जित्यो

आर्मीमाथि न्यु डायमन्डको सोझो सेटमा जित

आर्मीमाथि न्यु डायमन्डको सोझो सेटमा जित

Bajaj Pulsar Motorcycle Ad
सन्दीपबिना नै राजशाही च्याम्पियन

सन्दीपबिना नै राजशाही च्याम्पियन

रोमाञ्चक खेलमा एपीएफसँग हार्‍यो गण्डकी

रोमाञ्चक खेलमा एपीएफसँग हार्‍यो गण्डकी

नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै

नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै

पहिलो जितमा भगवतीको ५ गोल

पहिलो जितमा भगवतीको ५ गोल

आर्मीले सहजै जित्यो

आर्मीले सहजै जित्यो

आर्मीमाथि न्यु डायमन्डको सोझो सेटमा जित

आर्मीमाथि न्यु डायमन्डको सोझो सेटमा जित

भिल्लामा सान्चोको पहिलो गोल

भिल्लामा सान्चोको पहिलो गोल

 पेड्री एक महिना मैदानबाहिर

पेड्री एक महिना मैदानबाहिर