प्रकाश र कुमारको जोडी क्वाटरफाइनलमा
बिहिबार, असोज २१, २०७८खेलपाटी संवाददाता
काठमाडौं । प्रकाश पराजुली र कुमार पन्तको जोडी दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
गोठाटारको विष्ट गाउँमा भइरहेको प्रतियोगितामा प्रकाश र कुमारको जोडीले दीपक लामा र भवानी थापाको जोडीलाई २१–११ र २१–१५ को सोझो सेटमा पराजित गरे ।
मनकामना टोल सुधार समाज र शितलनगर टोल सुधार समितिद्वारा संयुक्त आयोजित प्रतियोगितामा टंक पराजुली र विश्व पौडेलको जोडीले बाबुराम ढकाल र भुवल तामाङको जोडीलाई २१–१७ र २१–१६ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
कृष्ण खतिवडा र विकास न्यौपाने पनि क्वाटरफाइनलमा पुग्न सफल भए । असोज २३ गतेसम्म चल्ने प्रतियोगितामा १२ जोडी सहभागी छन् ।














-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
