काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको एलिमिनेटर अन्तर्गत भैरहवा ग्लाडियसर्टले काठमाडौं किंग्स-११ लाई १ सय ८९ रनको चुनौती दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन जोड्यो ।
भैरहवाका लागि कप्तान शरद भेषावकरले सर्वाधिक ४९ रनको योगदान गरे । भैरहवाका लागि प्रदिप ऐरीले ३९ रनको योगदान गर्दा उपुल थरंगाले ३५ रन जोडे । कुशल मल्लले ३२ रन बनाए ।
आरिफ शेखले १५ रन जोड्दा तमिम इक्बाल ९, रोहित पौडेल १ र धमिका प्रसादले १ रन जोडे ।
काठमाडौंका असान प्रियन्जन र कप्तान सन्दीप लामिछानेले दुई-दुई तथा शेर मल्ल, जितेन्द्र मुखिया र जनक प्रकाशले एक-एक विकेट हात पारे ।