काठमाडौं । वेस्ट इन्डिजका पूर्व बलर माईकल होल्डीङले पाकिस्तानको भ्रमण रद्द गरेर इंग्ल्यान्डले पश्चिमी अहंकार दर्शाएको बताएका छन् ।
इंग्ल्यान्डको पुरुष तथा महिला क्रिकेट टोलीले टी-ट्वान्टी खेलका लागि पाकिस्तानको यात्रा गर्ने तय भएको थियो । तर, गत महिना इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले भ्रमण रद्द गरेको थियो ।
क्रिकेट राइटर्स क्लब पिटर स्मीथ अवार्ड ग्रहण गरेपछि होल्डीङले भने ‘कोही पनि अगाडी आउन र कुनै कुराको सामना गर्न चाहदैनन किनभने उनीहरुलाई थाहा छ कि उनीहरुले के गलत गरे भनेर ।’
‘उनीहरुले एक भनाई राखे र एक भनाईको पछाडी लुके । यस कुराले मलाई ब्याक लाईभ्स म्याटरसंग उनीहरुले गरेको गल्तीलाई सम्झाएको छ, ’ उनले थपे ।
ईसीबीले यात्रा रद्द गर्नु तीन दिन अगाडी न्यूजिल्याण्डले सुरक्षा चुनौती भन्दै पाकिस्तानको यात्रा रद्द गरेको थियो।