काठमाडौं । इंग्ल्यान्डका अलराउण्डर साम करनले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट गुमाउने भएका छन् ।
इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले मंगलबार करनले विश्वकप गुमाउने जनाएको छ ।
'ब्याक इन्जुरी' को कारण करनले विश्वकप गुमाउने भएका हुन् ।
इंग्ल्यान्डले उनको स्थानमा उनकै भाइ टम करनलाई टिममा बोलाएको छ ।
टी-ट्वान्टी विश्वकप अक्टोबर १७ देखि १४ नोभेम्बरसम्म यूएई र ओमानमा हुनेछ ।
इंग्ल्यान्डले २३ अक्टोबरमा वेस्ट इन्डिजविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।