काठमाडौं । इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले एसेज क्रिकेट सिरिजका लागि अष्ट्रेलिया भ्रमणबारे यसै हप्ता निर्णय गर्ने भएको छ ।
ईसीबीको आईतबार बसेको बैठकले अष्ट्रेलिया भ्रमणबारे यसै हप्ता निर्णय गर्ने निष्कर्ष निकालेको हो ।
बैंठकमा खेलाडीहरु माझ यात्राका लागि प्रस्तावित शर्तहरु प्रस्तुत गरिएको थियो । केही खेलाडीहरुले उनीहरुको परिवारले यात्रा गर्न पाउने वा नपाउने तथा क्वारेन्टाइन व्यवस्थासम्बन्धि चासो राखेका थिए ।
पंचा टेष्ट मध्ये पहिलो टेष्ट डिसेम्बर ८ बाट सुरु हुदैछ ।
‘यात्राका लागि शर्तहरु पर्याप्त छन किन छैनन तथा यस्ता खाले महत्वपूर्ण सिरिजका लागि खेलाडी छनौटको बारेमा बोर्ड निर्णय लिनेछ,’ बोर्डले एक विज्ञप्तीमार्फत जनाएको छ ।
कोभिड-१९ लाई लिएर अष्ट्रेलियाले कडा नियमहरु बनाएको छ भने विभिन्न राज्यहरुको आफ्नै नियम रहेको छ ।
यस्तै सिरिजको पाँच वटै खेल विभिन्न पाँच राज्यमा खेलाइनेछ ।
बोर्डका अनुसार सबैभन्दा अगाडी स्वास्थ्य र सुरक्षालाई राख्दै खेलाडी तथा व्यवस्थापनले राम्रो प्रदर्शन गर्ने खालको वातावरण सुनिश्चित गरिनेछ । साथै यस हप्ता खेलाडीहरुसँग कुराकानी जारी रहने तथा थप जानकारी गराइने बोर्डले जनाएको छ ।
यस अघि अष्ट्रेलियाका कप्तान टिम पेनले इंग्ल्यान्डका जोए रुट आएपनि नआएपनि पहिलो टेष्ट डिसेम्बर ८ बाट सुरु हुने बताएका थिए ।