काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले जित निकालेको छ ।
दुबईमा सोमबार राति दिल्लीले चेन्नई सुपर किङ्सलाई ३ विकेटले हराएको हो ।
चेन्नईले दिएको १ सय ३७ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीको जितमा शिखर धवनले ३९ रन जोड्दा शिम्रन हिटमायरले अविजित २८ रन बनाए ।
पृथ्वी श र रिपल पटेलले समान १८/१८ रन जोडे ।
चेन्नईका रविन्द्र जडेजा र शार्दुल ठाकुरले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।
चेन्नईका अम्बाती रायडुले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले । रोबिन उथप्पाले १९ तथा महेन्द्र सिंह धोनीले १८ रन बनाए ।
दिल्लीका अक्षर पटेलले २ विकेट लिए ।
यस जितसँगै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ ।
दिल्लीले १३ खेलमा २० अंक जोडेको छ ।
चेन्नई १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।