शुक्रबार, २९ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल हुने

सोमबार, १८ आश्विन २०७८खेलपाटी संवाददाता
सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल हुने
Loading ad...
mustang rice ad

धनगढी । सुदुरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ धनगढीमा आयोजना हुने भएको छ ।

सुदुरपश्चिम खेलकुद परिषद्को बार्षिक कार्यक्रम अनुसार असोज २० गतेदेखि २३ गतेसम्म धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।

सुदुरपश्चिम प्रदेशका ९ वटा जिल्लाका टिमले सहभागिता जनाउने प्रतियोगिताको विजेतालाई १ लाख सहित ट्रफी दिईने पत्रकार सम्मेलनमा सुदुरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपक बहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको उपविजेतालाई नगद ५० हजार सहित ट्रफी दिईनेछ । प्रतियोगिताको सेमिफाईनलसम्म पुग्ने दुई टीमलाई पच्चिस पच्चिस हजार नगद सहित ट्रफी दिईनेछ भने विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिईनेछ ।

प्रतियोगिता आयोजना गर्नका लागि झण्डै ५० लाख खर्च हुने अनुमान गरिएको छ । जिल्लाहरुलाई टिम छनोटका लागि सुरुमा ५० हजार दिईएकोमा जिल्लाहरुले आफ्नो जिल्लाको टीम छनोट गरेका छन् ।

प्रतियोगितामा सहभागी सबै जिल्लाहरुको टिमको यातायातदेखि खानेबस्ने सबै खर्च सुदुरपश्चिम खेलकुद परिषदले व्यहोर्ने सदस्य सचिव सिंहले बताए ।

प्रतियोगिता आउन दुई बाँकी रहँदा तयारी पनि अन्तिम चरणमा पुगेको छ । सुदुरपश्चिममै पहिलो पटक म्याटमा प्रतियोगिता सञ्चालन हुदैछ ।

प्रतियोगिता उत्कृष्ट खेलाडीहरुलाई समेटेर सुदुरपश्चिम प्रदेशको भलिबल टीम बनाईने सिंहले बताए । उनले ती खेलाडीहरुलाई प्रशिक्षणको व्यवस्था गरी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरुमा सहभागीता जनाईने सुदुरपश्चिम खेलकुद परिषदले जनाएको छ ।

पुरस्कार रक दिईने  

धनगढीमा २०७५ साल चैत्रमा सम्पन्न मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता च्याम्पियन टोली सुदूरपश्चिम प्रदेशका खेलाडीले ढाई वर्षपछि पुरस्कार रकम पाउने भएका छन् ।

सुदूरपश्चिम खेलकुद परिषदले पुरस्कार रकम असोज २० गते प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा सो रकम खेलाडीहरुलाई दिने भएको हो ।

ढाई वर्षसम्म सुदुरपश्चिम खेलकुद विकास समिति र प्रदेशको सामाजिक विकास मन्त्रालयको संयुक्त खातामा रहेको रकम बल्ल आएर खेलाडीलाई वितरण गरिने भएको हो । खेलाडीले जितेको पुरस्कार नपाउँदा निराशा पैदा भएको अवस्थामा खेलकुद विकास समिति र मन्त्रालयसँग लडेर रकम मागेको सुदुरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपकवहादुर सिंहले जानकारी दिए । उनले सो रकमलाई खेलाडीहरुको पदक अनुसार वितरण गरिने बताए ।

उनका अनुसार व्यक्तिगत तर्फ पहिलो हुनेलाई ३५ हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार नगद दिईनेछ । त्यस्तै समुह तर्फ प्रथम हुने टीमलाई जनही २८ हजारका दरले रकम प्राप्त गर्नेछन् । त्यस्तै खेलका प्रशिक्षकले प्रतिव्यक्ती नगद ११ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा आयोजक सुदुरपश्चिम प्रदेश ३ स्वर्ण, १ रजत र ३ कास्य सहित च्याम्पियन बनेको थियो । च्याम्पियन टोलीले १५ लाख नगदमा सरकारी कर कट्टा गरी ११ लाख २५ हजार रकमलाई वितरण गरिने भएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

 कमला र कोपिलाको जोडी च्याम्पियन

कमला र कोपिलाको जोडी च्याम्पियन

नेपाल भलिबल संघले एक वर्षमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

नेपाल भलिबल संघले एक वर्षमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ब्राजिलसँग खेल्न भारतले आसियान कपबाट नाम फिर्ता लियो

ब्राजिलसँग खेल्न भारतले आसियान कपबाट नाम फिर्ता लियो

बंगलादेश बलियो अवस्थामा

बंगलादेश बलियो अवस्थामा

 ५० मिलियन युरोमा पीएसजी जाँदै टोरेस

५० मिलियन युरोमा पीएसजी जाँदै टोरेस

रश्मीको दोहोरो ह्याट्रिक

रश्मीको दोहोरो ह्याट्रिक

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

 मेस्सीले दिए सन्न्यासको संकेत

मेस्सीले दिए सन्न्यासको संकेत