काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत विराटनगर वारियर्सले काठमाडौं किंग्स-११ लाई जितका लागि १ सय ५ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा आठ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले ५ विकेट गुमाएर १ सय ४ रन जोड्यो ।
विराटनगरका लागि अनिल साहले १६ बलमा अविजित रहदै सर्वाधिक ४५ रनको योगदान गरे । उनले पाच छक्का र दुई चौका प्रहार गरे । ओपनर रायन पठानले ११ बलको सामना गर्दै तीन छक्का र दुई चौकाको मदतमा ३० रन जोडे ।
कप्तान करण केसीले १५ रनको योगदान गरे । सौरभ खनाल ५ रनमा अविजित रहदा, सिकन्दर राजा ४, आशिफ शेख २ र दिलशान मुनाविरा १ रनमा आउट भए ।
काठमाडौंका कप्तान सन्दीप लामिछाने, गुल्सन झा र रायन बर्लले एक एक विकेट लिए ।