बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
  4. /
  5. आर्मी र न्यु डायमन्ड च्याम्पियन

आर्मी र न्यु डायमन्ड च्याम्पियन

२०२१ अक्टोबर २, शनिबारखेलपाटी संवाददाता

आर्मी  र न्यु डायमन्ड च्याम्पियन

काठमाडौं । त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको फाइनलमा साविक विजेता हेल्प नेपाललाई ३-१ को सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

रोमान्चक बनेको खेलमा आर्मीले पहिलो सेट २६-२४ ले जितेको थियो । भारतीय खेलाडीले भरिएको हेल्पले दोस्रो सेट २५-१७ ले आफ्नो बनायो ।

तेस्रो सेटमा आर्मीले २५-१८ ले सहजै आफ्नो बनायो । त्यसपछि चौंथो सेटमा ३३-३१ को संघर्षपूर्ण जित निकाल्दै आर्मीले उपाधिमा कब्जा जमाएको हो ।

पुरुषतर्फ नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल गर्यो ।  एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले तेस्रो भएको हो ।

विभागीय डर्बीमा पुलिसले एपीएफमाथि २५-१७,२५-१८ र २५-१४ को जित निकाल्यो ।

May be an image of one or more people, people playing sports, people standing and indoor

महिलातर्फको उपाधि न्यु डायमन्ड स्पोर्ट्स क्लबले हात पार्यो ।  

शनिबार नै भएको फाइनलमा साविक विजेता एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै न्यु डायमन्ड च्याम्पियन बनेको हो ।

पहिलो सेट गुमाएको न्यु डायमन्डले उत्कृष्ट पुनरागमन गरेको थियो ।  एपीएफले पहिलो सेटमा न्यु डायमन्डलाई २६-२४ ले हराएको थियो ।

तर, त्यसपछिको सेटमा न्यु डायमन्डले एपीएफमाथि २५-२१, २५-१७ र २५-१५ को जित निकाल्यो ।

महिलातर्फ त्रिभुवन आर्मी क्लब तेस्रो भयो । आर्मीले नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।

विभागीय डर्बीमा आर्मीले पुलिसमाथि २५-१७, २५-२० र २५-१७ को जित निकालेको थियो ।

च्याम्पियनसिपको महिला र पुरुष दुबैको विजेताले ४ लाख प्राप्त गरे ।  उपविजेताले २ लाख  प्राप्त गर्दा तेस्रोले १ लाख प्राप्त गरेका छन्  ।

नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको थियो ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले

Bhat Bhateni
नायक भान डाइक

नायक भान डाइक

इन्टर मिलानको जितमा थुरमको २ गोल

इन्टर मिलानको जितमा थुरमको २ गोल

उपाधि रक्षा यात्रामा पीएसजी

उपाधि रक्षा यात्रामा पीएसजी

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना