काठमाडौं । नेपाल पुलिस क्लबले छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ तेस्रो स्थान हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको खेलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस तेस्रो भएको हो।
विभागीय डर्बीमा पुलिसले एपीएफमाथि २५-१७,२५-१८ र २५-१४ को जित निकाल्यो ।
तेस्रो भएसँगै पुलिसले १ लाख प्राप्त गरेको छ ।
महिलातर्फको तेस्रो स्थान त्रिभुवन आर्मी क्लबले हात पारेको छ ।
नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी तेस्रो भएको हो।
आर्मीले पुलिसमाथि २५-१७, २५-२० र २५-१७ को जित निकाल्यो । तेस्रो भएसँगै आर्मीले १ लाख प्राप्त गरेको छ ।
महिलातर्फको उपाधिका लागि एपीएफ क्लब र न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। एपीएफ र न्यु डायमन्डबीचको खेल १ बजे सुरु हुनेछ।
यस्तै पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र साविक विजेता हेल्प नेपालबीचको फाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ।