पुलिसलाई हराउँदै हेल्प नेपाल फाइनलमा
शुक्रबार, असोज १५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । साविक विजेता हेल्प नेपाल छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको पुरुषको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल उपाधि नजिक पुगेको हो ।
भारतीय खेलाडीको साथ पाएको हेल्प नेपालले पुलिसमाथि २५-१७,२५-१८ र २५-२१ को सेटमा जित निकाल्यो ।
अब हेल्प नेपालले उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)