काठमाडौं । राजधानीमा जारी छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत आज बिहीबार पुरुष र महिलातर्फ गरि ६ खेलहरु हुँदैछन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज पुरुषतर्फ ४ र महिलातर्फ २ खेलहरु हुनेछन् ।
महिलातर्फ समूह चरणको खेल हुनेछ भने पुरुषतर्फ क्वाटरफाइनलको खेल हुनेछ ।
महिलाको पहिलो खेलमा दुई विभागीय टिम एपीएफ र नेपाल पुलिस भिड्ने छन् । दुई टिमबीचको खेल बिहान ८ बजे सुरु हुनेछ ।
यस्तै महिलाको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र न्यु डायमन्डबीचको खेल बिहान १० बजे सुरु हुनेछ ।
पुरुषतर्फको पहिलो क्वाटरफाइनलमा हेल्प नेपाल र नयाँ बजारबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल १२ बजे सुरु हुनेछ ।
दोस्रो क्वाटरफाइनलमा नेपाल पुलिस क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र ढोरपाटनको खेल २ बजे सुरु हुनेछ ।
तेस्रो क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लब र गल्कोट स्पोर्ट्स क्लबबीच खेल हुनेछ । दुई टिमबीचको खेल ४ बजे सुरु हुनेछ ।
चौंथो क्वाटरफाइनलमा एपीएफ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ ६ बजे सुरु हुनेछ ।
च्याम्पियनसिपको सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गर्नेछ ।
नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।
च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।
महिला पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन् ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।