काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले जित निकालेको छ ।
अबुधाबीमा मंगलबार राति भएको खेलमा मुम्बईले पन्जाब किङ्सलाई ६ विकेटले हराएको हो ।
पन्जाबले दिएको १ सय ३६ रनको लक्ष्य मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
मुम्बईको जितमा सौरभ तिवारीले सर्वाधिक ४५ रन बनाए ।
हार्दिक पाण्डयले अविजित ४० रन जोड्दा केइरन पोलार्डले अविजित १५ रन बनाए । क्विन्टन डी कक २७ रनमा आउट भए ।
पन्जाबका रबि बोस्नाईले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमायर १ सय ३५ रन बनाएको थियो ।
पन्जाबका लागि एडिन मार्क्रामले ४२ रन जोड्दा दिपक होडाले २८ रन बनाए । कप्तान केएल राहुलले २१ तथा सन्दीप सिंहले १५ र हरप्रितले अविजित १४ रन बनाए ।
मुम्बईका जस्प्रित बुम्राह र केइरन पोर्लाडले २/२ विकेट लिए ।
यस जितसँगै मुम्बईले ११ खेलमा १० अंक जोडेको छ । मुम्बई पाँचौ स्थानमा उक्लिएको छ ।
पन्जाब ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।