काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइटराइडर्सले दिल्ली क्यापिटल्सलाई हराएको छ।
सारजाहमा मंगलबार भएको खेलमा कोलकत्ताले दिल्लीलाई ३ विकेटले हराएको हो ।
दिल्लीले दिएको १ सय २८ रनको लक्ष्य कोलकत्ताले १८ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
कोलकत्ताको जितमा नितिस रानाले अविजित रहदै ३६ रन बनाए । सुबमन गिलले ३० रन बनाए ।
दिल्लीका आभेस खानले ३ विकेट लिए ।
यस अघि दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।
दिल्लीका स्टिभ स्मिथ ऋषव पन्तले समान ३९ रन बनाए ।
शिखर धवनले २४ रन बनाए ।
कोलकत्ताका लक्की फोर्गुसन,सुनिल नारिने र भेन्कातेस आयरले २/२ विकेट लिए ।
यस जितसँगै चौंथो स्थानको कोलकत्ताले ११ खेलमा १० अंक जोडेको छ ।
दोस्रो स्थानको दिल्लीले ११ खेलमा १६ अंक जोडेको छ ।